मिक्लाजुङ गाउँपालिका रोजगार शाखाले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको पुन एकीकरण रेमि परियोजना अन्तर्गत डिजिटल पाश्वचित्र हस्तान्तरण तथा अध्यावधिक सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ
गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष बबी कुमार राईले गर्नु भएको थियो । सो अवसरमा डिजिटल पाश्र्व चित्र हस्तान्तरण गरिएको हो । कार्यक्रममा वैदेशिक रोजगारबाट फर्किएपछि नेपाल मै उद्यमशिलता, रोजगार सिर्जना, तथा जीवनस्तर उकास्न सकिने सम्भावनाबारे जनप्रतिनिधि, कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुखहरू वडा सचिवहरू, साथै वैदेशिक रोजगारका क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिहरू लाई डिजिटल प्रणालीमा कसरी जानकारी अद्यावधिक गर्ने भन्ने बारेमा समेत अभिमुखिकरण गरिएको थियो ।

वैदेशिक रोजगारीबाट फर्किएका नागरिकहरुको अनुभव र सीपलाई स्थानीय स्तरमै उपयोग गर्न र उनीहरुको अवस्था थाहा पाउनका साथै सम्पुर्ण विवरण एकै ठाउँमा ल्याउने कार्य डिजिटल पाश्र्वचित्र मार्फत भएको मिक्लाजुङ गाउँपालिकाका रोजगार शाखा संयोजक क्षितिज चेम्जोङले बताउनु भयो ।
डिजिटल पाश्र्वचित्रमा भएको तथ्यङ्कले पालिकाको कामलाई थप सहज भएको र पालिका प्रविधि सँग जोडिएकोे मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबी कुमार राईल उल्लेख गर्नु भएको छ । कार्यक्रमले वैदेशिक अनुभव बटुलेका युवाहरुलाई आफ्नो समुदायमै सीप प्रयोग गरेर व्यवसाय र उद्यमशिलता विकास गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ ।



