इटहरी । देशैभर विभिन्न कार्यक्रमको आयोजना गरी ३२ औं मदन आश्रित स्मृति दिवस धनकुटामा पनि मनाइएको छ । शनिबार नेकपा एमाले धनकुटाले स्व।मदन भण्डारीको सालिकमा माला अर्पण कार्यक्रमको आयोजना गरी मदन आश्रित दिवस मनाएको हो । सो अवसरमा धनकुटा नगरपालिका–७, स्थित मदन चोकमा रहेको स्व। मदन भण्डारीको सालिकमा माल्यार्पण कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेकपा एमाले धनकुटा अध्यक्ष शिव आङ्ला, एमाले केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री राजेन्द्रकुमार राई, प्रदेश सांसद इन्द्रमणि पराजुली, निरन राई, पूर्व सांसद गोपाल गुरागाईलगायतले सालिकमा माल्यार्पण गर्नुभएको थियो । एमाले धनकुटाले जनताको बहुदलीय जनवादका प्रणेता तथा तत्कालीन एमाले महासचिव भण्डारीको स्मृति दिवसको अवसरमा कार्यक्रमको आयोजना गरेको थियो । यस्तै जिल्ला रहेका पार्टीका विभिन्न जनवर्गीय सङ्गठनहरुको उपस्थिति थियो ।