इटहरी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मिक्लाजुङ गाउँपालिका वडा नं. २ साखा कमिटीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नैन राईलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गर्दै नयाँ नेतृत्व चयन गरेको हो । अध्यक्ष राईसँगै अगम राई उपाध्यक्ष, भक्त गजमेर सचिव, बिसाल सेडेम र दिलकुमारी राई उपसचिवमा चयन हुनुभएको छ । यस्तै, अधिवेशनले विभिन्न जिम्मेवारीमा अन्य सदस्यहरूलाई समेत चयन गरेको छ । नव निर्वाचित कमिटीलाई शुभकामना तथा बधाई व्यक्त गर्दै सहभागी नेताहरूले पार्टी संगठनलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेको प्रदेश कमिटी सदस्य रामकृष्ण राइले बताउनुभयो । अधिवेशनमा अध्यक्ष मण्डल सहित पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । नयाँ कार्यसमितिको कार्यकाल सफल होस् भन्ने कामना गर्दै, शाखा अधिवेशनले संगठन विस्तार र जनसम्पर्क सुदृढीकरणमा केन्द्रित हुने निर्णय समेत गरेको गाउँ कमिटी अध्यक्ष नवीन कार्कीले जानकारी दिनुभयो ।


