मिक्लाजुङ, मोरङ — नेपाल कम्युनिस्ट पार्टी (एमाले) मिक्लाजुङ गाउँपालिका वडा नं. ७ साखा कमिटीको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मतरूपमा चयन गरिएको हो।

नव निर्वाचित साखा कमिटीमा अध्यक्ष पदम बहादुर गिरी चयन हुनुभएको छ। त्यसैगरी, उपाध्यक्षमा भुमी प्रसाद कोइराला, सचिवमा राम धमला, उपसचिवमा राजु खड्का र भिमा सोडारी चयन हुनुभएको छ। साथै, अन्य सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन भएका छन्।

1747534088000

नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै पार्टीका नेताहरूले संगठन सुदृढीकरण र स्थानीयस्तरमा पार्टीको प्रभावकारिता बढाउन नवगठित नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

1747533757637

कार्यक्रममा पार्टीका विभिन्न तहका नेता कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको नेकपा एमाले मिक्लाजुङ गाउँपालिका कमिटी अध्यक्ष नवीन कार्कीले बताउनुभयो ।