इटहरी | उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै इटहरीमा ‘रिर्सोस एजुकेसन हब प्रा.लि’ सञ्चालनमा आएको छ ।
विद्यार्थीहरूलाई विदेशमा उच्च शिक्षाको अवसर, प्रक्रियागत जानकारी, भिसा मार्गदर्शन तथा पाठ्यक्रम छनोट जस्ता महत्वपूर्ण पक्षमा सशक्त परामर्श प्रदान गर्ने उद्देश्यसहित यस संस्थाले इटहरीको स्काई प्लाजाको तेस्रो तल्लाबाट सेवा सुरु गरेको हो । ‘रिर्सोस एजुकेसन हब’ ले अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका, जापान लगायतका देशमा उच्च शिक्षाका लागि चाहिने आवश्यक प्रक्रिया र परामर्श सेवा उपलब्ध गराउनेछ । संस्थाका सञ्चालक नरेन्द्र दंगालका अनुसार ‘रिर्सोस एजुकेसन हब’ ले इमान्दारिता, पारदर्शिता र गुणस्तरीय सेवालाई आफ्नो आधार बनाउँदै विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा सहयोग पु¥याउने लक्ष्य लिएको छ । संस्था निकट भविष्यमा भाषा तयारी आयल्स, पिटिई, टोफल कक्षा तथा अन्य शैक्षिक सहायताहरू पनि सुरु गर्ने योजनामा रहेको सञ्चालक दंगालले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा राष्ट्रिय शैक्षिक परामर्श संघ कोशी प्रदेशका अध्यक्ष सन्तोष कुरुङ्गवाङ्गले यस्ता संस्थाको स्थापनाले शैक्षिक परामर्श क्षेत्रमा थप योगदान दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले पारदर्शिता र सेवा नै परामर्श संस्थाको पहिचान हुने भन्दै ‘रिर्सोस एजुकेसन हब’ को सफलताको कामना गर्नुभयो ।
शैक्षिक परामर्श क्षेत्र दिन प्रतिदिन प्रतिस्पर्धात्मक बन्दै गएको वर्तमान सन्दर्भमा ‘रिर्सोस एजुकेसन हब’ जस्तो नयाँ र उत्साही टोली द्वारा स्थापित संस्था इटहरी तथा आसपासका विद्यार्थीका लागि एउटा सकारात्मक विकल्प बन्ने अपेक्षा गरिएको छ । कार्यक्रममा संघका संस्थापक अध्यक्ष मोहन विक्रम तिगेला, सल्लाहकार टीका ढकाल, निरज पौडेल, प्रमोद श्रेष्ठ, उपाध्यक्ष रेणुकान्त यादव, सह(सचिव राजु थापा, कोषाध्यक्ष चन्दन माझी, सदस्य दिवस भूुर्तेल लगायत संघका अन्य केन्द्रीय तथा प्रदेशस्तरीय पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो ।


