रामधुनी, सुनसरी – रामधुनी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै आवश्यक सामग्रीहरूको नियमित रूपमा वितरण गरिरहेको छ। नगरपालिकामा हाल १,००० भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरूको विवरण अभिलेखमा रहेको छ।
अपाङ्गताको प्रकृति हेरी नगरपालिकाले ह्विलचेयर, कमोड चियर, सेतो छडी, एल्बो क्रसेस, वैशाखी लगायतका सामग्रीहरू आवश्यकता अनुसार वितरण गर्दै आएको छ। सोही क्रममा रामधुनी नगरपालिका वडा नं. ९ का शंकर चौधरीलाई आधुनिक विलचेयर हस्तान्तरण गरिएको छ। wheelsear पाएपछि शंकर चौधकी श्रीमती कमल कुमारी चौधरीले बाल्टीमा दिशापिसाब गराउनुपर्ने बोकेर यताउता सार्नुपर्ने अवस्थामा नगरपालिकाले यो ह्विलचेयर दिँदा आफूलाई ठूलो राहत भएको ले नगरपालिकालाई धन्यवाद व्यक्त गर्नुभएको छ।

दुई वर्षअघि वैदेशिक रोजगारीबाट फर्किएपछि शंकर चौधरी अचानक शारीरिक अवस्थामा समस्या देखापरेको थियो। हाल उनी हातखुट्टा चलाउन, बोल्न, उठ्न-बस्न नसक्ने अवस्थामा छन् र उनलाई दैनिक क्रियाकलापमा समेत परिवारजनको सहयोग आवश्यक पर्ने अवस्था छ। यस्तो अवस्थामा शौच तथा पिसाब गराउन सहज होस् भनेर आधुनिक विलचेयर प्रदान गरिएको नगरप्रमुख शंकरलाल चौधरीले जानकारी दिनुभयो।

ह्विलचेयर वितरण गर्दा प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरी साथै नगरपालिकाका कर्मचारी स्थानीय समाजसेवी सञ्चारकर्मीको उपस्थिति रहेको थियो।

रामधुनी नगरपालिकाले चालू आर्थिक वर्षको सुरुमै अपाङ्गता भएका व्यक्तिहरूको लागि विशेष बजेट विनियोजन गरी सामग्री वितरणदेखि विभिन्न उत्थानमुखी कार्यक्रमहरू सञ्चालन गर्दै आएको रामधुनी नगर अपाङ्गता उत्थान केन्द्रका सचिव गोविन्द बिष्टले जानकारी दिनुभयो।


