इटहरी । कोशी प्रदेश सभाका सदस्यहरू सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटना भएको छ । झापाबाट प्रदेश सभा बैठकमा सहभागी हुन आउँदै गर्नुभएका सांसदहरू सवार बिएई १४०६ नम्बरको कारलाई बा। ५ प। ३५२० नम्बरको कारले ठक्कर दिँदा दुर्घटना भएको हो । गाडीमा प्रदेशसभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण, खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ्ग सवार हुनुहुन्थ्यो । उहाँहरूको अवस्था सामान्य रहेको र बैठकमा सहभागी नभई घर फर्किन लागेको सांसद मैयाँ श्रेष्ठले जानकारी दिनुभयो । सांसद सवार गाडीलाई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले चलाउनुभएको गाडीले ठक्कर दिएको हो । खड्का गाडीमा निदाएका कारण दुर्घटना भएको बताइएको छ ।


