इटहरी, सुनसरी — लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडी र टेवा बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा इटहरी-६, संगीत चोकमा एक बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडीकी अध्यक्ष अनिता ढकाल आचार्य र टेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोकुल सुवेदीको संयुक्त अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, इटहरी उपशाखाका अध्यक्ष दिनेश भट्टराई प्रमुख अतिथि रहनुभएको थियो।

WhatsApp Image 2025-05-21 at 09.56.03_96d5e3a7

टेवा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा रक्तदान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रम संयोजक मीना ढकाल आचार्यले यस प्रकारका सामाजिक क्रियाकलापहरू आगामी दिनहरूमा पनि निरन्तर जारी रहने जानकारी दिनुभयो ।

WhatsApp Image 2025-05-21 at 09.56.03_2deb075f

कार्यक्रममा विशिष्ट अतिथिहरू उद्योगवाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुली टेवा बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष ईश्वरी पराजुली लायन्स क्लब, सहकारी संस्था का प्रतिनिधि साथै विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो  ।

WhatsApp Image 2025-05-21 at 09.56.03_f8fc0523