इटहरी । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशमा लोकतन्त्रको स्थापना गर्न राई जातिको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । वराहक्षेत्रको चक्रघट्टीमा आयोजित उँभौली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै कार्कीले मुलुक निर्माणमा समेत उत्तिकै भूमिका निर्वाह गरेको बताउनुभएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिकामा किराँत राई यायोक्खा वराहक्षेत्र–६, ७ र ८ वडा कार्यसमितिले आयोजना गरेको कार्यव्रmममा प्रमुख अतिथि रहनुभएका नेता कार्कीले आफ्नो संस्कार र संस्कृति जगेर्ना गर्न र संस्कृतिलाई जोगाउन सबैले आआफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभएको छ । साकेला उँभौली मेलाका अवसरमा साकेलासिली नृत्यसमेत प्रदर्शन गरिएको थियो । नेता कार्कीले बहुजाति, बहुभाषिक एवं बहुसांस्कृतिक देश नेपाल सबै जातजातिको साझा फूलबारी रहेको बताउनुभयो । सबै जातिको पहिचान, रीतिरिवाज, परम्परा, संस्कृतिले संसारमा नेपालीको मौलिक परम्पराको छुट्टै किसिमको महìव रहेको बताउँदै यसको संरक्षण गरी पुस्ता हस्तान्तरण गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ । कार्यव्रmममा महेन्द्रनगर, भरौल, चतरा, प्रकाशपुर, सुनसरीको इटहरी र उदयपुरको रामपुरका किराँत राई यायोक्खाको टिमले साकेलासिलीमा सहभागिता जनाएका थिए । साकेलासिली प्रदर्शनीमा पहिलो हुने टिमलाई नगद २५ हजार रुपियाँसहित प्रमाणपत्र तथा ट्रफी, दोस्रो हुने टिमलाई १५ हजारसहित प्रमाणपत्र तथा ट्रफी र तेस्रो हुने टिमलाई नगद १० हजार रुपियाँसहित प्रमाणपत्र र ट्रफी वितरण गरिएको थियो ।


