इटहरी। धनकुटामा धारिलो हतियार प्रयोग हुँदा एक जना महिला गम्भीर घाइते भएकी छन् । मङ्गलबार घराएसी विवादका कारण जेठाजुले प्रहार गरेको धारिलो हतियार खुकुरीकोबाट महिला घाइते भएकी हुन् । घाइते हुनेमा धनकुटाको सहिदभूमि गाउँपालिका–७, स्थित साप्तिङटारकी सुस्मा राई रहेकी छन् । राईको जेठाजु ४७ वर्षीया मिलन भन्ने रामकुमार राईले बुहारीलाई धारीलो हतियार खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी ओेमप्रकश खनालले जानकारी दिनुभयो । उहाँका अनुसार घराएसी विवादका कारण जेठाजुले प्रहरा गरेको खुकुरीले बुहारीको गर्धनमा चोट लागेको छ । जेठाजुले गरेको खुकुरी प्रहारबाट घाइते भएकी राईको धनकुटा नगरपालिका–९, मुलघाट स्थित मनकामना मेडिकलमा उपचार भइरहेको प्रहरीले जानाएको छ । बुहारीलाई धारीलो हतियार प्रयोग गर्ने जेठाजु रामकुमार फरार रहेको र खोजतला भइरहेको जिल्ला प्रहरीहरी कार्यालय धनकुटाले जनाएको छ ।


