इटहरी । आठराई गाउँपालिका–३ स्थित सिमेन्ट बोकेर ठुटेवरबाट लिम्बुनी पुलतर्फ जाँदै गरेको ना ७ त ६३४९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक बारा घर भएका ३२ वर्षीय किशान परियारको मृत्यु भएको हो । सडकमा गुडिरहेका बेला आफैं अनियन्त्रित भएर ट्याक्टर सडकबाट करिब तीन सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक बारा घर भएका ३२ वर्षीय किशान परियारको मृत्यु भएको हो । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यद्यपि, थप अनुसन्धान भइरहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।


