इटहरी । दुहबी नगरपालिका–११, तनबुना, साह टोल निवासी सतनारायण साहलाई पूर्वमन्त्री तथा सांसद भगवती चौधरीले ह्विलचेयर प्रदान गर्नुभएको छ । गत चैत महिनादेखि प्रेसरको कारण प्यारालाइसिस भई हिँडडुल गर्न असहज भएका साहलाई सांसद चौधरीले आज उहाँकै निवासमा पुगेर सहयोग स्वरूप ह्विलचेयर हस्तान्तरण गर्नुभएको हो । ह्विलचेयर हस्तान्तरणको क्रममा बोल्दै सांसद चौधरीले समस्यामा परेका नागरिकप्रति सधैं संवेदनशील रहेको र सानो सहयोगले पनि ठूलो राहत मिल्छ भन्ने विश्वासका साथ ह्विलचेयर प्रदान गरेको उहाँले बताउनुभयो । सांसद चौधरीले ह्विलचेयर प्रदान गरेकोप्रति खुसी हुँदै साह परिवारले आभार प्रकट गरेका थिए ।


