संखुवासभा, मादि – नेपाल मानव धर्म सेवा समिति, कोशी क्षेत्र आश्रम, इटहरीको आयोजनामा संखुवासभाको मादी नगरपालिका–४, उमरिङमा ४४ जनालाई सम्मानस्वरूप कपडा वितरण गरिएको छ।

मानव धर्म विशुद्ध धार्मिक संस्था हो भएकोले यस संस्थाले मानव उत्थानका लागि आत्मा ज्ञान प्रचार गर्नुका साथै विभिन्न सामाजिक कार्यक्रम अन्तर्गत शिक्षा अभियान स्वरूप शैक्षिक सामग्री सङ्कलन साथै वितरण कार्यक्रम लत्ता कपडा वितरण कार्यक्रम गर्दै आइरहेको मानव धर्म सेवा समिति इटहरी प्रमुख महात्मा गिरी बाइज्यूले बताउनुभयो ।                                FB_IMG_1748010962484

मानव सेवालाई नै सर्वोच्च धर्म मानेर अघि बढ्दै आएको समितिले समाजका विभिन्न तह र वर्गलाई समेट्दै नियमित रूपमा सेवा गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

संस्थाका सचिव कविराज अधिकारीका अनुसार आगामी दिनहरूमा शिक्षा, स्वास्थ्य, लगायतका विभिन्न सामाजिक कार्यक्रमहरूलाई पनि निरन्तरता दिने बताउनुभयो।