सुनसरी | सुनसरीको रामधुनी नगरपालिकाको वडा नं. २ नेपाल तरुण दलको वडा कार्य समिति विस्तार गरिएको  छ। रामधुनी नगरको वडा कार्य समिति विस्तार कार्यक्रमअन्तर्गत आयोजित औपचारिक बैठक तथा छलफलपछि नयाँ नेतृत्व चयन गरिएको हो।

स्थानीय युवा राजनीतिक चेतनाको प्रतिनिधित्व गर्ने नेपाल तरुण दलले युवाहरूलाई राजनीतिमा सक्रिय गराउने उद्देश्यले देशभर विविध गतिविधिहरू गर्दै आएको छ। यसै सन्दर्भमा, रामधुनी वडा नं. २ मा नयाँ जोश, उत्साह र दिगो नेतृत्व विकासको आशामा नयाँ कार्यसमिति गठन गरिएको छ।

कार्यसमितिमा अध्यक्ष महेश साह,उपाध्यक्षहरू रेखा, महमद मक्सुद, बिनय चौधरी,सचिव सालिग्राम चौधरी, सह–सचिव: गोपाल चौधरी रहेका छन् । 

सदस्यहरू प्रतीक चौधरी, रनिश चौधरी, आयुष चौधरी लगाए सदस्यहरू सर्वसम्मतिले चयन गरिएको छ ।

कार्यक्रममा बोल्दै उपस्थित नेताहरूले समावेशी नेतृत्व, संगठनात्मक सुदृढीकरण र स्थानीय स्तरमा युवाको भूमिका बढाउने विषयमा जोड दिएका थिए। अध्यक्षमा निर्वाचित महेश साहले आफूले युवाहरूको हकहितका पक्षमा निडर रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।  संगठनलाई थप गतिशील बनाउँदै स्थानीय विकासमा सशक्त भूमिका खेल्ने आश्वासन दिनु भयो ।

उपस्थित तरुण साथीहरू, स्थानीय प्रतिनिधिहरू र वरिष्ठ नेताहरूले समितिको सर्वसम्मत चयनलाई लोकतान्त्रिक अभ्यासको एक प्रेरणादायी नमूना भन्दै स्वागत गरे। समावेशिता, सक्रियता र जवाफदेहिता आधारित नेतृत्व आवश्यक रहेको उनीहरूले बताए।

यस नयाँ समितिको चयनसँगै रामधुनी वडा नं. २ मा युवा नेतृत्वप्रति विश्वास र आशा थप बलियो भएको छ। अबको कार्यकालमा समिति सदस्यहरूले संगठनात्मक वृत्तमा मात्र सीमित नभई सामाजिक, शैक्षिक र युवामैत्री कार्यक्रममार्फत व्यापक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।