इटहरी / जेष्ठ ११ गते थाइराइड दिवसको अवसरमा विश्वभर विविध जनचेतनामूलक कार्यक्रम आयोजना भइरहेका छन्। थाइराइड रोगीहरूको संख्या बढ्दो अवस्थामा रहेकाले नेपालमा पनि यस विषयमा जनचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।
यसै सन्दर्भमा इटहरी जेसिजले बीपी मेडिको इटहरीको सहकार्यमा इटहरीको बीपी चौकमा निःशुल्क थाइराइड जाँच कार्यक्रम सम्पन्न गरेको छ। जेष्ठ १० र ११ गते चल्ने कार्यक्रम पहिलो दिन बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन भएको कार्यक्रममा ३०० जना भन्दा बढीले लाभ लिएका र र ११ गते पनि यो सेवा उपलब्ध गराइने हुँदा ५०० भन्दा बढी यो सेवाबाट लाभान्वित हुने विपि मेडिकोका सञ्चालक गणेश नेपालले बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि डा. गुन्जन त्रीताल रहेका हुनुहुन्थ्यो भने अध्यक्ष देवेन्द्र कार्कीको अध्यक्षतामा कार्यक्रम उद्घाटन भएको थियो।
थाइराइडसम्बन्धी जनचेतना फैलाउन पर्ने आजको आवश्यकतालाई मध्यनजर गर्दै विश्वभर नै हाइराइड दिवस मनाइरखिएको प्रमुख अतिथि डाक्टर त्रितालले बताउनुभयो
कार्यक्रम संयोजक एजेस श्रेष्ठले बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म चल्ने कार्यक्रममा सयौंको सङ्ख्यामा थाइरोइड चेकअप गरिने बताउनुभयो।
यस किसिमका कार्यक्रमले सर्वसाधारणलाई स्वास्थ्य सचेत बनाउन सहयोग पुग्ने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको इटहरी जेसिसका महासचिव मिलन कार्कीले बताउनुभयो ।


