इटहरी । भोजपुर जिल्ला स्तरीय १५ औं  राष्ट्रपति रनिङ शिल्डको उपाधि टेम्केमैयुङ गाउपालिकाले जितेको छ । जिल्ला खेलकुद बिकास समिति भोजपुरको आयोजना र टेम्केमैयुङ गाउपालिकाको ब्यबस्थापनमा  जेठ ९ र १० गते टेम्केमैयुङ गाउपालिकाको वडा न ४ नागिमा सन्चालन भएको खेलमा जम्मा २८ खेलमा भएको प्रतिस्पर्धामा  कुल १० स्वर्ण, ५ रजत, ७ कास्य सहित टेम्केमैयुङ गाउपालिका प्रथम, ६ स्वर्ण, ८ रजत, ७ कास्य सहित अरुण गाउपालिका दोस्रो, ५ स्वर्ण, ५ रजत, २ कास्य सहित साल्पासिलिछो गाउपलिका तेस्रो, ५ स्वर्ण, ४ रजत ४ कास्य सहित भोजपुर नगरपालिका चौथो , १ स्वर्ण, ४ रजत, ५ कास्य सहित षडानन्द नगरपालिका पाचौ र १ स्वर्ण, २ रजत , ३ कास्य सहित हतुवागडि गाउपालिकाले छैठौ स्थान प्राप्त गरेको छ । बिजेता उप बिजेता खेलाडिहरुलाई समापन कार्यक्रममा प्रमुख अतिथि टेम्के मैयुङ गाउपलिका अध्यक्ष सरोज बस्नेत,  बिशेस अतिथि उपाध्यक्ष रमा देवि राई, लगायतले पुरुस्कार र प्रमाण पत्र बितरण गरेको खेलकुद बिकास समितिका अध्यक्ष दावा शेर्पाले  बताउनु भयो । गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार आज जेठ ११ गते सम्पूर्ण खेलाडी तथा अफिसियलहरूको सम्मानमा मुन्दुम पदमार्गका केही प्रमुख स्थानहरूको अवलोकन भ्रमण, चियापान तथा बिदाइ कार्यक्रम पनि आयोजना गरिएको छ ।