इटहरी । धरान उपमहानगरपालिका वडा नं। १५ देवी गाँउ स्थितबाट ८२ किलोग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरिएको छ  । पक्राउ पर्नेमा धनकुटा चौबिसे बस्ने २० वर्षीय अर्जुन लिम्बू रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई प्र। १(०२(०४४ प ४३२० नम्बरको मोटरसाइकलमा ४ वटा बोरामा लोड गरी ल्याउँदै गरेको अवस्थामा फेला पारेको थियो । गाँजासहित पक्राउ परेका लिम्बूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।