इटहरी । आज जेष्ठ ११ गते अर्थात विश्व थाइराइड दिवस, नेपालका विभिन्न स्थानमा झैँ इटहरीमा पनि जनचेतनाका कार्यक्रम आयोजना गरिएको छ । दिवसको अवसर पारेर इटहरीमा पनि इटहरी जेसिजले बीपी मेडिको इटहरीको सहकार्यमा बीपी चौकमा निःशुल्क थाइराइड जाँच कार्यक्रम सम्पन्न गरेको छ । जनचेतनाका कार्यक्रमले सर्वसाधारणलाई स्वास्थ्य सचेत बनाउन सहयोग पुग्ने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको इटहरी जेसिजका महासचिव मिलन कार्कीले बताउनुभयो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि डा. गुन्जन त्रीतालले थाइराइड सम्बन्धी जनचेतना फैलाउन पर्ने वर्तमान आवश्यकतालाई मध्यनजर गर्दै विश्वभर नै आज थाइराइड दिवस मनाइ राखिएको बताउनुभयो । बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन भएको पहिलो दिनको कार्यक्रममा ३ सय जना भन्दा बढीले लाभ लिएको बिपी मेडिकोका सञ्चालक गणेश नेपालले जानकारी दिनुभएको छ ।


