इटहरी । नेपाल ज्योतिष परिषद् कोशी प्रदेश अध्यक्ष रहनुभएका मोरङको सुन्दरहरैंचा निवासी बाबुराम निरौला अन्तर्राष्ट्रिय ज्योतिष, वास्तु तथा तन्त्र सम्मेलनमा ‘वास्तु भूषण अवार्ड’बाट सम्मानित हुनुभएको छ । धनकुटाको भेडेटारमा आयोजना भएको विश्व ज्योतिष महासंघको सम्मेलनमा अध्यक्ष निरौलालाई सो अवार्ड’ प्रधान गरिएको हो । वास्तु विज्ञानको क्षेत्रमा उल्लेखनीय योगदान पु–याएको भन्दै उहाँलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मानित गर्नुभएको  थियो । अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलनमा नेपाल, भारत, बंगलादेश, मलेसिया लगायत देशका ज्योतिषीलाई सम्मान गरिएको थियो । गतबर्ष माघ ३० देखि फागुन १० गतेसम्म मोरङको विराटचोकमा संचालन भएको ‘सुन्दरहरैँचा विराट एक्स्पो ४’ को प्रदर्शनीमा धार्मिक वास्तुशास्त्र अनुसारको घरको संरचना निर्माण गरी निरौलाले अध्ययान अवलोकनका र व्यवसायिक कृषि उद्योग तथा घरबासका लागि तयार गर्नुभएको थियो ।