इटहरी । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम नगरपालिका(४ छयारछयारे बस्ने ३२ वर्षीय गोविन्द विष्ट रहेका छन् । गोविन्दले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  बिस्टले महिलामाथि जबरजस्ती गरेको भन्दै उजुरी परेपछि पक्राउ गरिएको जनाइएको छ ।