काठमाडौं | नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको महाधिवेशन पोखरामा धमाकेदार ढंगले जारी छ। यसपटकको महाधिवेशनमा केन्द्रिय सचिव पदका लागि स्थायी कमिटी सदस्य रेशु तामाङ छिन् ।

‘भिजन रेसु’ भन्ने नारासहित अघि बढेकी तामाङले युवाहरूबीच स्पष्ट योजना, नेतृत्व क्षमता र संगठनप्रतिको प्रतिबद्धताका कारण ‘रेश’ बनाउँदै लगेको देखिन्छ। पार्टीभित्र र बाहिर समेत उनलाई एक सशक्त, सक्रिय र दूरदर्शी महिला नेतृका रूपमा हेरिएको छ।

तामाङ लामो समयदेखि एमालेको विद्यार्थी र युवा आन्दोलनमार्फत पार्टीमा योगदान दिँदै आएकी छन्। संगठन निर्माणदेखि अभियान सञ्चालनसम्म उनको भूमिकालाई नेताहरूले खुलेर प्रशंसा गर्ने गरेका छन्। विशेषगरी युवासंघलाई प्रविधिमैत्री, समावेशी र प्रभावशाली बनाउने उनको भिजन महाधिवेशनमा सहभागी युवाहरूबीच सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

पोखरामा भइरहेको महाधिवेशनले नयाँ नेतृत्व चयनमार्फत संगठनलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ। तामाङको उम्मेदवारीले युवासंघभित्र नयाँ उर्जा थपेको अनुभूति भइरहेको छ। कोशी प्रदेश मा उहाको चर्चा बढ्न थालेकाे छ उहा एक सकृय नेत्री समेत हुन् । राष्ट्रिय युवा संघ नेपालको सचिव पदका लागि उम्मेदवारका रूपमा रेशु तामाङ, वैचारिक स्पष्टता, संगठनप्रतिको प्रतिबद्धता र युवाको पक्षमा नतिजामूलक हस्तक्षेपको दृष्टिकोण लिएर अघि सर्नु भएको छ्।

जबजका मूल्यमा आधारित, अनुशासित र समावेशी नेतृत्व निर्माण गर्न तपाईंको साथ र सुझावको अपेक्षा  गर्दछु भनि महिला सचिब को उम्मेदवार रेशु तामाङ्ले बताउनु भयो ।

रेशु तामाङ सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. १० प्रकाशपुरका बासिन्दा हो भने हाल उहाँ काठमाडौंमा बसोबास गर्नुहुन्छ। उहाँ एक समाज सेवी, राजनीतिज्ञ, शैक्षिक तथा बौद्धिक व्यक्तित्वका रूपमा परिचित हुनुन्छ। IMG-20250526-WA0079

तामाङ बिगत लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रूपमा सामाजिक काम गर्दै आइरहनु भएको छ । सामाजिक कामको क्रममा उहाँले बिगत का दिन हरुमा    सेनिटरी प्याड सम्बन्धी जनचेतनामुलक कार्यक्रम साथै प्याड बितराण , कोभिड -१९ को बखत ५० घर दुरि चामल बितराण , काठमाडौं मा १ सय घर दुरि बिपन्न परिवार हरूलाई न्यानो कपडा वितरण , पुस्तक बितराण , बृक्षरोपण जस्ता अन्य बिभिन्न काम हरु गर्दै आइरहनु भएको छ ।आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाउनु भएको छ । तामाङले भन्नू भयो "भविष्यमा राजनीतिक गतिविधिसँगै समाजको हितमा विभिन्न समाजको वृद्धि विकास  र सामाजिक सेवाका कामलाई निरन्तरता दिदै भाबि दिन मा आफ्नो भुगोल साथै देशकाे नेतृत्व समेत गर्ने योजना रहेकाे छ।"

उहाँले बिषेसगरी बराहक्षेत्र नगरपालिका लगाएत अन्य क्षेत्रमा बालबालिका , युवा बर्ग , एकल महिला, महिला शसक्तिकरण सम्बन्धी काम ,  आर्थिक रूपमा कमजोर परिवार, र विपन्न वर्गका मानिसहरूको सहयोगका लागि व्यक्तिगत र संघसंस्थाहरूको सहकार्यमार्फत काम गर्न प्रतिवद्धता गर्नु भएको छ ।