इटहरी । कोशी प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको नक्साङ्कन अनुसार जोखिम क्षेत्रमा केन्द्रित रहेर प्रतिकार्य योजना तयार पार्ने जनाएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीका अनुसार जोखिमको प्रतिकार्य गर्नका लागि नक्साङ्कन अनुसार प्रतिकार्य योजनामा सरकार रहने भएको हो । उहाँका अनुसार यो वर्ष विपद् बाट प्रतिकार्य र पुनः निर्माणका सन्दर्भमा प्रशासनिक खर्चबाट बजेट काटेर वितरण गर्नुपर्ने अवस्था आएका कारण वितरणमा ढिलाइ र समस्या भएकोले आगामी वर्ष त्यसो हुने छैन ।  कोशी प्रदेशमा विज्ञ सहितको टोलीले विपद् जोखिम क्षेत्रको नक्साङ्कन तयार पारेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी सुभाष कार्कीले जनाउनुभए अनुसार तयार भएको प्रतिवेदनलाई मन्त्रालयले सार्वजनिक गर्ने तयारीमा रहेको र केही दिनमै सार्वजनिक हुने छ ।