इटहरी । ओखलढुङ्गामा सामूहिक बलात्कारमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। मोलुङ गाउँपालिका(२ का पाँच जना किशोरलाई सामूहिक बलात्कार आरोपमा पक्राउ गरेको हो। मंगलबार एक किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै पीडित पक्षले प्रहरीमा जाहेरी दिएपछि १५ देखि १७ वर्ष उमेरका पाँच जना किशोरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरी स्रोतले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पाँच जना मध्ये दुई जनाले समात्न सहयोग गरेको र तीन जनाले बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ। प्रहरीले आरोपितको पहिचान गोप्य राखेको छ।


