इटहरी– गणतन्त्र दिवसको अवसरमा नेकपा एमाले इटहरीले बुधबार बिहान रक्तदान कार्यक्रम आयोजना गरेको छ। इटहरी उपमहानगरपालिका अगाडि बिहान ७ बजेदेखि ११ बजेसम्म भएको कार्यक्रममा ८३ पिन्ट रगत सङ्कलन भएको नेकपा एमाले इटहरी अतिरिक्त क्रियाकलाप संयोजक उमेश दाहालले जानकारी दिनुभयो।

रक्तदान गर्न सहभागी हुने प्रत्येक रक्तदातालाई निःशुल्क स्वास्थ्य परीक्षण, विराट टिचिङ्ग अस्पतालमा उपचारमा विशेष छुट, रक्तदान प्रमाणपत्र तथा २ केजी चामलको प्याकेट उपहारस्वरूप प्रदान गरि गरिएको नेकपा एमाले इटहरी उपमहानगर कमिटी उपाध्यक्ष जितेन्द्र थापाले बताउनुभयो

त्यस्तै नेकपा एमाले इटहरी उपमहानगर अध्यक्ष रुपेश बस्नेतलेले सबै नगरवासीलाई रक्तदानमा सहभागिता जनाई मानवीय सेवामा योगदान दिएको भन्दै शुभकामना व्यक्त गर्नुभयो।
रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्व निर्वाहसँगै गणतन्त्र दिवसलाई थप अर्थपूर्ण बनाउन योगदान दिने आयोजकको विश्वास छ।


