इटहरी । अहमदिया संघ नेपालले मोरङको धनपाल गाउँपालिका–६, सौरगाछीमा अग्नी पीडितहरुलाई राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । ुसबैलाई माया गरौ, घृणा कसैलाई नगरौँु भन्ने मूल नाराका साथ अहमदिया संघ नेपालले विपतमा परेका सर्वसाधारणलाई विभिन्न राहत वितरण गरेको हो । सौरगाछीमा केही दिनअघि भएको आगलागीबाट प्रभावित परिवारहरूलाई विभिन्न आवश्यक राहत सामग्रीहरु वितरण गरिएको अहमदिया संघ नेपालका केन्द्रीय सदस्य हैदर मियाँले जानकारी दिनुभयो। चामल २५ केजी, नुन २ केजी, चना १ केजी, चिनी २ केजी, दाल २ केजी, खाने तेल २ लिटर, मटर १ केजी, चाउचाउ, भुजा, साबुन, मसला लगायतका १९ प्रकारका सामाग्रीहरु पन्ध्र परिवारलाई वितरण गरिएको बताइएको छ ।
सौरगाछीमा आगलागीबाट पीडितहरुलाई केहीमात्रमा सहयोग पुगोस भन्ने उद्येश्यले अहमदिया संघ नेपालले विभिन्न खाद्यन्न सामग्रीहरु वितरण गरिएको बताइएको छ । राहत वितरण कार्यक्रममा बोल्दै धनपाल गाउँपालिकाका अध्यक्ष जिवछ प्रसाद गच्छदारले आगलागीका कारण प्रभावित परिवारहरूको जीवनमा सुधार ल्याउनका लागि यस्ता राहतकार्य महत्वपूर्ण भएको बताउनुभयो । अहमदिया संघ नेपालका केन्द्रिय उपाध्यक्ष अध्यक्ष मोहम्मद इस्माईलले अहमदिया मुस्लिमहरुले वास्तविक पिडितहरु लाई आत्मसात गर्दै समाजमा हाम्रो सानो सहयोगले भाइचारा विस्तार गर्दै विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको बताउनुभयो ।
धनपाल गाउँपालिका अपाङ्गता रोकथाम संयोजक ठाकुर प्रसाद राजबंशीको सम्योजनमा भएको राहत वितरण कार्यक्रममा धनपाल गाउँपालिकाकी उपाध्यक्ष नसिमा वानो, धनपाल गाउँपालिका(६ का अध्यक्ष मोहमद हुसैन, वडा नम्बर ७ का अध्यक्ष सन्तोस कुमार यादव र प्रहरी चौकीका इन्चार्ज सई सुर्य बहादुर बस्नेत लगायतले राहत वितरण गर्नुभएको थियो ।


