सुनसरी | सुनसरीको रामधुनी नगरपालिकामा लागु औषध  दुव्र्यसनी  मुक्त बनाउन लागु औषध  दुव्र्यसनी विरूद्ध सचेतना एवम् अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि सुन्दरहरैँचाको आयोजना तथा रामधुनी नगरपालिका कार्यालयको सहकार्यमा रामधुनी नगरपालिकाकी उपमेयर तारा थापाको अध्यक्षता तथा रामधुनी नगरपालिकाका नगर प्रमुख शंखर लाल चौधरीको प्रमुख आथित्यतामा लागु औषध दुव्र्यसनी विरूद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

रामधुनी नगरपालिका उप प्रमुख तारा थापा,रामधुनी नगर प्याब्सन अध्यक्ष अच्युत ढकाल ,आदर्श माध्यमिक विद्यालयका प्रधानध्यापक रविन्द्र पौडेल ,उपभोक्त संरक्षण हकहित रामधुनी अध्यक्ष चुणामणी घिमिरे ,आदर्श माध्यमिक बक्लौरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष शैलेन्द्र राजधामी र प्रस्तावित रामधुनी इलाका प्रहरी कार्यालय प्रहरी नरिक्षक सुजन मुदेलले लागू पदार्थ दुव्र्यसनी विरूद्धमा अन्तरक्रिया भएको थियोे भने सहजकर्ता विराट टेलिभिजनका प्रबन्धक निर्देशक बिकल पौडेलले गर्नु भएको थियोे ।

विद्यार्थीहरूले लागुऔषधसम्बन्धी विविध प्रश्नहरू राखेका थिए, जसको जवाफ वक्ताहरूले विस्तृत रूपमा दिनुभएको थियो। 

उहाहरूले रामधुनी स्थानीय विद्यालयका अभिभाकहरू, शिक्षक, विद्यार्थीहरू  विद्यार्थीहरूले उठाएका प्रश्नको उत्तर दिनु भएको थियोे ।

लागू पदार्थ दुव्र्यसनी विरूद्ध सिकेका कुरालाई समाजमा फ्याउनु आवश्यक रहेकाले समस्यालाई पूर्णरूपमा निर्मूल पार्ने लक्ष्यसहित अगाडि बढिरहेको रामधुनी नगरपालिकाकी उपमेयर तारा थापाले बताउनु भयो ।

अभिभावकहरूले बालबालिकाहरूलाई लागु औषध  जोगाउन आवश्यक रहेको साथै नगरपालिकाले दुव्र्यसनीलाई अन्त्य गर्न अगाडि बढिरहेको रामधुनी नगरपालिकाका नगर प्रमुख शंखर लाल चौधरीले बताउनुभयो ।

कार्यक्रममा रामधुनी नगरपालिका कार्यपालिका सदस्यहरू राजेन्द्र शाह , सोम कमारी माझी ,पवित्रा कुमारी माझी, स्थानीय विद्यालयका शिक्षक, अभिभाक ,बालबालिका , विभिन्न संघ संस्था पदाधिकारीहरू लगायतको बाक्लो सहभागीता रहेको थियो ।