इटहरी/ इटहरीमा मदन भण्डारी फाउण्डेशन इटहरी उप महानगर समिति गठन भएको छ । उमेश पौडेलको अध्यक्षतामा गठित समितिमा जीवन राई उपाध्यक्ष ज्ञानमणि दाहाल सचिव यशोदा सेने कोषाध्यक्ष रहेको १९ सदस्यीय उपमहानगर समिति गठन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि फाउण्डेशनका केन्द्रीय सदस्य प्रा.डा. बद्रीविशाल पोखरेलले नव निर्वाचित समितिलाई सपथ ग्रहण गराउनुभयो ।

Screenshot_2025_0603_164008

फाउण्डेन पार्टी कमिटी नरहेको पार्टीको जनवर्गीय र पेशागत संगठन पनि नरहेको यो जबज र जननेता मदन भण्डारीको योगदानलाई आम जनसमक्ष बहुआयमिक रुपमा प्रवाह गर्ने गैर नाफामुलक सामाजिक संगठन रहेको प्रमुख अतिथि पोखरेलले बताउनुभयो।Screenshot_2025_0603_163858

कार्यक्रममा एमाले इटहरी नगर समिति उपसचिव रन्जु सिग्देल, फाउण्डेशनका प्रदेश सदस्य मिथिला पोखरेल, जिल्ला अध्यक्ष प्रह्लाद पहरेदार, इटहरी नगर फाउण्डेशन तदर्थ समितिका उपाध्यक्ष तथा एमाले ४ नं. वडा समिति अध्यक्ष ,धोज बहादुर मगर, फाउण्डेशन जिल्ला सचिव राजेन्द्र कट्टेल,राष्ट्रिय जनसंगीत संघ,कोशी प्रदेश उपाध्यक्ष ओम विक्रम ओझा लगायतले विचार सहित मन्तव्य तथा गीत र कविता वाचन गरेका मदन भण्डारी फाउन्डेसन कोशी प्रदेश सचिवालय सदस्य कृष्णराज बास्तोलाले बताउनुभयो।