इटहरी । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा विज्ञान लेखन पत्रकारिता तालिम सुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० को आयोजनामा तीन दिने तालिम बुधबारदेखि सुरु भएको हो । विज्ञान लेखन पत्रकारिता तालिमको उद्घाटन फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले उद्घाटन गर्नुभएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै नगर प्रमुख मादेनले तालिम प्रभावकारी हुनेमा विश्वास व्यक्त गर्नुभयो । नास्टले गर्ने वैज्ञानिक गतिविधिबारे न्युन जानकारी हुने गरेको बताउनुहुँदै नगर प्रमुख मादेनले व्यापकता र चर्चामा आउनेगरी क्रियाकलाप गर्न पनि उहाँले नास्टलाई सुझाव दिनुभयो । यता तालिममा जिल्लामा क्रियाशील अग्रजसहित करिब २५ जना स्थानीय पत्रकार तथा सञ्चारकर्मी सहभागी भएका छन् । तालिममा विज्ञान विषय विज्ञ दीपक अधिकारी, गोविन्द पोखरेल लगायतले प्रशिक्षण दिँदै हुनुहुन्छ । विकसित विज्ञान र प्रविधिको समयमा विज्ञान पत्रकारिताको अति आवश्यक भएकाले तालिम आयोजना गरिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका मुख्य वैज्ञानिक अधिकृत डा। भोजराज पन्तले बताउनुभयो । नास्टले जैविक स्रोत, पर्यावरण, भौतिक तथा प्राकृतिक, सौर्य, जैविक र वायु ऊर्जा, अन्तरिक्ष लगायतमा अनुसन्धान गर्ने भएकाले विज्ञान पत्रकारिताको आवश्यक भएको डा। पन्तको भनाइ छ । तालिम उद्घाटन कार्यक्रममा फुङ्लिङ नगर उपप्रमुख भीमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य माला पालुङ्वा, जिल्ला अध्यक्ष सुवास आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतम, सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनलगायतको उपस्थिति रहेको थियो ।


