इटहरी । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिका सहित पाँच पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएका छन् । भोजपुरमा रहेका नौ वटा पालिका मध्ये पाँच वटा पूर्णरुपमा खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएका हुन । बुधवार पौवादुङमा गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको थियो । पालिका भित्रका १५ महिना सम्मका सबै बालबालिकहरुले पूर्णरुपमा खोप लगाएसँगै पालिकालाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको पालिका गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । यो सँगै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणामा पौवादुङमा पाँचौँ बनेको छ । गाउँपालिका अध्यक्ष राईले पालिकालाई खोप सुनिश्चितता तथा दिगोपना घोषणा सँगै आगामी दिनमा पनि खोप लगाउनबाट बालबालिकाहरू वञ्चित हुन नहुने बताउँदै महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सरोकारवालाको भूमिका यसमा महत्त्वपूर्ण हुने बताउनुभयो । पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, स्वास्थ्य कार्यालयका प्रतिनिधि, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि, स्वास्थ्य चौकीका प्रमुख, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो । जिल्लाको हतुवागढी, भोजपुर नगरपालिका, साल्पासिलिछो गाउँपालिका, अरुण गाउँपालिका अव पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएका छन् । जन्मदेखि १५ महिनासम्मका बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार सरकारले उपलब्ध गराउने सबै खोप लगाएको सुनिश्चित भए पछि वडा, पालिका र जिल्लालाई प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको छ ।


