इटहरी । लागू औषध कारोबारमा संलग्न रहेका  चार जना  झापा र सुनसरी जिल्लाबाट पक्राउ परेका छन्। झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले हेटौंडा उपमहानगरपालिका–३ का २१ वर्षीय डेविड लामा र बिर्तामोड नगरपालिका–२ का २९ वर्षीय संजय चौधरीलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो। लामा २ ग्राम र चौधरी ३ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन्। त्यसैगरी, झापाकै गौरादह नगरपालिका–१ का २९ वर्षीय सुजन कन्दङ्वालाई इलाका प्रहरी कार्यालय गौरादहले १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।सुनसरीको धरान–१६ का ३० वर्षीय गोपाल राईलाई भने अस्थायी प्रहरी पोष्ट जोरसखुवा, धरानले प्रतिबन्धित लागू औषध ५६९ चक्की र नगद ३७ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूमाथि लागू औषधसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।