इटहरी । बिद्यालय तहबाटै खेलाडी उत्पादन गर्ने उदेश्वले सुनसरीमा सुरु गरिएको बराह एसइई कप अन्तर माध्यमिक फुटबलको दोस्रो संस्करणमा ३२ वटा बिद्यालयले प्रतिष्पर्धा गर्ने भएका छन । सुनसरीको बराहक्षेत्र ३ मा रहेको स्काई फुटबल एकेडेमीको आयोजनामा आइतबारदेखी हुने प्रतियोगितामा मोरङ र सुनसरीका ३२ वटा बिद्यालयले सहभागिता जनाउने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । तीन सातासम्म चल्ने प्रतियोगितामा एसईई दिएर बसेका बिद्यार्थीहरुले मात्र खेल्न पाउने एकेडेमीका संरक्षक एवंम फुटबल प्रशिक्षक नदी राईले जानकारी दिए । बराहक्षेत्र नगरपालिका ३ स्थित खेल मैदानमा हुने प्रतियोगिताको बिजेताले नगद ३० हजार र शिल्ड तथा उपबिजेताले १५ हजार पाउने एकेडेमीका अध्यक्ष सुमन कार्कीले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी कक्षा ११ र १२ का लागि शतप्रतिसत छात्रबृती उपलब्ध गराइने आयोजकले जनाएको छ । बिधागत उत्कृष्ट हुनेलाई ७५ प्रतिशत र प्रत्येक खेलको म्यानअफद म्याचलाई ५० प्रतिशत छात्रबृती प्रदान गरिने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न ३ लाख ५० हजार रुपैया खर्च हुने आयोजकको अनुमान छ । गत संस्करणमा बराहक्षेत्र ५ को सिद्धार्थ एकेडेमीलाई पराजित गर्दै नेपाल पुलिस स्कुल धरानले उपाधी जितेको थियो । प्रतियोगिताको फाइनल खेल असार ११ गते हुनेछ ।