इटहरी । नेपाल स्काउट कोशी प्रदेश स्काउट कार्यालयको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा इटहरी उपमहानगरपालिका वडा नं. ५ मा लागू पदार्थ दुव्र्यसनविरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । इटहरी युथ ओपन क्र्युको विशेष सक्रियतामा आयोजना गरिएको उक्त कार्यक्रम इटहरी–५ स्थित ब्लुमिङ लोटस अङ्ग्रेजी माध्यमिक विद्यालयको सभा हलमा सम्पन्न भएको हो । कार्यक्रममा स्काउटर, रोभर÷रेन्जर, शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख प्रशिक्षकका रूपमा स्काउटर पुनम श्रेष्ठ (कोशी सेन्ट जेम्स स्कुल, इटहरी–९) र रेन्जर रबिना बस्नेत (इटहरी युथ ओपन क्र्यु, इटहरी–१) ले सहजीकरण गर्नुभएको थियो । दुव्र्यसनीका असर, लागूपदार्थको पहिचान, रोकथामका उपाय तथा युवाहरूलाई लक्षित चेतनामूलक सन्देश मार्फत सहभागीहरूलाई मार्गदर्शन गरिएको थियो । लागू पदार्थ दुव्र्यसनी विरूद्ध सिकेका कुरालाई समाजमा ल्याउनु आवश्यक रहेकाले समस्यालाई पूर्णरूपमा निर्मूल पार्ने लक्ष्य सहित अगाडि बढिरहेको इटहरी युथ ओपन क्र्युका अध्यक्ष फणीन्द्र प्रसाद दाहालले जानकारी दिनुभयो । यस किसिमका सचेतनामूलक कार्यक्रमहरूले युवाहरू माझ नकारात्मक क्रियाकलाप प्रति सचेतना फैलाउने र सकारात्मक जीवनशैली अपनाउन प्रेरित गर्ने आयोजकको विश्वास छ ।