केराबारी / उत्तरी मोरङको केराबारी गाउँपालिकाले मागमा आधारित कार्यक्रमअन्तर्गत  गाउँपालिकाभित्र रहेका विभिन्न सहकारी संस्था, कृषक समूह तथा व्यक्तिगत फर्मका सदस्यहरूलाई लक्षित गरी १७ थान मोटरसहितको घाँस काट्ने मेसिन (च्यापकटर) ७५% अनुदानमा वितरण गरेको छ।

1749249265516

केराबारी गाउँपालिका ले आफ्ना नीति तथा योजनाअनुसार विभिन्न क्षेत्रमा बजेट छुट्याएर काम गरिरहँदा कृषकका मागका आधारमा  पशुपन्छी शाखा को समन्वयमा उक्त कृषि सामग्रीहरू वितरण गरेको केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ ले बताउनुभयो ।

1749249256226

घाँस काट्ने मेसिन वितरणसँगै कृषकहरूको काम सजिलो हुने, पशुपालन व्यवसायमा आधुनिकता ल्याउने र उत्पादकत्वमा वृद्धि हुने अपेक्षा गरिएको र गाउँपालिकाले यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तरता दिने केराबारी गाउँपालिका  उपाध्यक्ष मनमाया मगरले बताउनुभयो।

1749249267891