इटहरी । खोटाङको  दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको विद्योदय आधारभूत विद्यालय, ७ दोर्पा छिताताललाई पूर्व विद्यार्थी सक्षम राईले आर्थिक सहयोग गरेका छन्। सक्षम राई बेलायती सेनामा कार्यरत छन्। उनले विद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालनमा सहयोग पुगोस् भनेर २० हजार रुपैयाँ नगद सहयोग गरेका हुन्। उनका भाइ, स्थानीय श्री अन्नपूर्ण माध्यमिक विद्यालयका शिक्षक बयानसिं राईले विद्यालयका प्रधानाध्यापक शिवकुमार राईलाई उक्त रकम हस्तान्तरण गरे। विद्यालयका सहायक प्रधानाध्यापक गणेशकुमार खड्काले आफूले पढेको विद्यालय जिल्लाको नमुना विद्यालयमा पर्नुको खुसीमा सक्षमले यो सहयोग गरेको बताए। खड्काले सक्षम पढाइमा तेज र इमानदार रहेको पनि बताए।