इटहरी । मोरङको पथरी शनिश्चरेमा सम्पन्न भएको प्याब्सन नगरस्तरीय चित्रकला प्रतियोगिता २०८२ मा  रेडस्टार मावि सिनीयर प्रथम भएको छ भने एभरेष्ट बोडिङ्ग स्कुल जुनियर प्रथम हुन सफल भएको छ ।  उक्त प्रतियोगिता  शुक्रबार वडा नं १ स्थित भुपु सैनिक अंग्रेजी माध्यमिक बिद्यालयमा सम्पन्न भएको हो । उक्त प्रतियोगिताको सिनियर तर्फ रेडस्टार माविकी छात्रा जेरियाना राई प्रथम, वाल्मीकि मेमोरियल माविका छात्र सनम शिवा दोस्रो, अरुणोदय माविकी छात्रा समीक्षा तामाङ तेस्रो  स्थान हासिल गर्न सफल भए भने  एभरेष्ट अङ्ग्रेजी बोडिङ्ग स्कुलका छात्रा नाग्मा लिम्बु र प्यागोडा मोडेलकी छात्रा प्रकृति पुरीले सान्त्वना स्थान हासिल गरेका थिए ।  यसैगरी, जुनियरतर्फ  प्रथम, द्वितीय र द्वितीय क्रमशः एभरेस्ट माध्यमिक विद्यालयकी आभा केरुङ, ब्राइट करियरकी दीपिका धिमाल र रेडस्टार माविका मिसेक राई भए भने  सुपर्व अंग्रेजी बोडिङ्ग स्कुलका छात्र प्रिन्स मगर, ग्रेड ग्रेस अङ्ग्रेजी बोडिङ्ग स्कुलका नरेन लिम्बु, बाल जागरण बोर्डिङकी जेमिमा राई र भूपु सैनिक माविकी रिया गुरुङले सान्त्वना स्थान हासिल गरेका थिए ।  उक्त प्रतियोगिताका विजयी छात्रछात्राहरूलाई पथरी नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकीले  एक समारोहका बीच  अबिर, टीका , रुद्राक्ष माला  मेडल तथा प्रमाणपत्र सहितले पुरस्कृत गर्नुभएको थियो । सो प्रतियोगितामा नगरका २२ वटै निजी तथा  संस्थागत विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । नगरस्तरीय प्याब्सन चित्रकला प्रतियोगिताबाट छनौट भएका विजयी छात्रछात्राहरूले आगामी महिना प्याब्सन मोरङद्वारा निकट भविष्यमै आयोजना हुन गइरहेको  जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा सहभागिता जनाउने पनि प्याब्सन नगरसमिति, पथरी शनिश्चरेका सचिव सुजन बास्तोलाले जानकारी  दिनुभयो । उक्त प्रतियोगिताको पुरस्कार वितरण समारोह  प्याब्सन पथरी शनिश्चरेका नगरअध्यक्ष सन्तोष बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।