इटहरी । युवा व्यवसायी तथा सामाजिक अभियन्ता नेत्र प्रसाद चौलागाईले विद्यार्थीहरुलाई कपी र जुत्ता वितरण गर्नुभएको छ । मोरङको सुन्दरहरैंचामा क्रियासिल स्वतन्त्र नागरिक समाजको तेस्रो वार्षिकोत्सवको अवसरमा सुन्दरहरैंचा–३ मा अवस्थित जननी आधारभूत विद्यालयका कक्षा १ देखि ५ सम्म अध्यनरत विद्यार्थीलाई कपी र जुत्ता वितरण गर्नुभएको हो । समाजका सदस्य समेत रहनुभएका युवा व्यवसायी तथा सामाजिक अभियन्ता चौलागाईले गरिबीका कारण अधिकांश बालबालिकाले विद्यालय छोड्ने गरेकाले बालबालिकाको नियमित विद्यालयमा सहज पहुँच पु¥याउन उनीहरूको पठनपाठनमा सुधार ल्याउन सहयोग गरेको र आगामी दिनहरुमा पनि यस्ता सहयोग गर्ने बताउनुभयो । शिक्षाको पहुँचबाट कुनैपनि बालबालिका विमुख नहुने वातावरण निर्माणका लागि सबैले साथ र सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँकै नेतृत्वमा सुनसरीको इनरुवा नगरपालिका ७ स्थित ग्रीन सिटीको हाता भित्र पाथिभरा माताको मन्दिर पनि निर्माण भइरहेको छ ।


