इटहरी । मोरङको सुन्दरहरैंचाको सलकपुरमा ५ दिने किशोरी सशक्तिकरण कार्यक्रम सुरु भएको छ । सुन्दरहरैंचा नगरपालिकाको आर्थिक सहयोगमा तथा नारी विकास संघ सुन्दरहरैंचा –८ सलकपुरको आयोजनामा कार्यक्रम सुरु भएको हो ।  नारी विकास संघकी अध्यक्ष शुसिला कार्कीको अध्यक्षता तथा सुन्दरहरैचा –८ की जनप्रतिनिधि कुमा दाहालको प्रमुख आतिथ्यमा सुरु भएको कार्यक्रमा नगरभित्रका विभिन्न बिद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई यौन हिंसा,बाल विवाह,महिनामारी लगायतको बारेमा प्रशिक्षक पेशल खतिवडाले जानकारी गराउनुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथि समेत रहनुभएका सुन्दरहरैंचा नगरपालिकाका सामाजिक शाखा प्रमुख गुणनिधि दाहालले यो कार्यक्रम अतिनै महत्वपूर्ण रहेकाले तालिम एक दिन पनि नछुटाउन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो । सुन्दरहरैंचामा ३६ वटा बिद्यालय रहेको भएपनि जम्मा तीन वटा मात्र उपस्थित रहेको भन्दै उहाँले कार्यक्रममा सहभागिता जनाउने बिद्यालय भाग्यमानी रहेको समेत बताउनुभयो । कार्यक्रममा आफ्नो मन्तब्य राख्दै युवा ब्यबसायी तथा सामाजिक अभियन्ता नेत्र प्रसाद चौलागाईले किशोरी सशक्तिकरण कार्यक्रम आयोजना गरेर नारी विकास संघले उत्कृष्ट कार्य गरेको भन्दै राम्री सिक्न र आफूले सिकेका कुरा अन्य विद्यार्थीहरूलाई पनि सिकाउन अनुरोध गर्नुभयो । कार्यक्रम जेष्ठ २९ गते बिहिबार समापन हुनेछ ।