इटहरी, जेठ २४ – इटहरी उपमहानगरपालिका–१७ बाल सञ्जालद्वारा आयोजित जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। झुम्का ब्याडमिन्टन हलमा सम्पन्न उक्त प्रतियोगितामा जिल्लाभरका बालबालिकाहरूले उत्साहजनक सहभागिता जनाएका थिए।

1749516232321

Boys Singles तर्फ:

प्रथम स्थान: हेनशल खड्का

द्वितीय स्थान: प्रनिश बोगटी

तृतीय स्थान: दिक्षित चौधरी र नवीन पौडेल

Boys Doubles तर्फ:

प्रथम स्थान: हेनशल खड्का र सोनम शेर्पा

द्वितीय स्थान: निरज कार्की र प्रशुन बान्तवा राई

तृतीय स्थान (समान अङ्क):

नयन प्रधान र दीपसन प्रधान

नवीन पौडेल र अभी पराजुली

कार्यक्रमका प्रमुख अतिथि इटहरी वडा नं. १७ का अध्यक्ष प्रभात कुमार चौधरीले बालबालिकालाई यस्ता खेलकुद गतिविधिमा संलग्न गराउँदा उनीहरू लागू औषधजस्ता कुलतहरूबाट टाढा रहने र सकारात्मक बाटोमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले वडाले खेलकुदलाई प्रोत्साहन गर्नका लागि आवश्यक बजेट विनियोजन गर्दै विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको जानकारी पनि दिनुभयो।

1749516235355

प्रतियोगिता आयोजक १७ नं वडा बाल सञ्जालले बालमैत्री समाज निर्माणको लक्ष्यसहित यस्ता रचनात्मक तथा खेलकुद गतिविधि आयोजना गर्दै आएको जनाएको छ।