इटहरी । धनकुटामा भर्‍याङबाट लडेर घाइते भएकी एकजना महिलाको उपचारका क्रममा निधन भएको छ । घाइते महिलाको उपचारका क्रममा धनकुटा जिल्ला अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा नगरपालिका–७, स्थित समावेशी टोल निवासी ६१ वर्षीया वर्तकुमारी राई रहनुभएको छ । शुक्रबार साँझ करिब ९ बजे घरको छतमा जाने क्रममा भर्‍याङबाट लडेर गम्भीर घाइते हुनुभएको राईको उपचारका क्रममा सोमबार करिब ९ बजे मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।  शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।