युमि राई

इटहरी । पछिल्लो समय इलाममा हुुने जुनसुुकै कार्यक्रममा जिल्लाका लागि कुुनै क्षेत्रमा केही भएन भन्ने धेरैको गुनासो सुुन्ने गरिन्छ तर जिल्लामा केही त भएको छ भन्ने उदाहरण पनि इलाममै रहेको छ । त्यस्तै उदाहरण यतिबेला इलाम अस्पतालछेउमा सञ्चालन भइरहेको अक्सिजन उत्पादन केन्द्र हो । तीन वर्षयता सञ्चालनमा रहेको केन्द्रबाट अहिले दैनिक छ सयदेखि सात सय किलो अक्सिजन उत्पादन भइरहेको छ । यहाँ उत्पादन भएको अक्सिजन इलाम अस्पतालमा आएका बिरामीका लागि पर्याप्त भएर बाहिरका बिरामीलाई समेत पुुग्ने गरेको छ ।

कोभिड–१९ को सङ्व्रmमणका समयमा बिरामीलाई अक्सिजन अभाव भएपछि प्रदेश र सङ्घीय सरकारको सहयोगमा सदरमुकाममा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको थियो । यो प्लान्टबाट अहिले पर्याप्त अक्सिजन उत्पादन हुने गरेको इलाम अस्पतालका बायोप्राविधिक खेमराज  घिमिरे बताउनुुहुन्छ । घिमिरेका अनुसार यो प्लान्ट सोझै अस्पतालका बेडसम्म जडान गरिएको छ । यस्तै अस्पतालमा आएका बिरामी र बाहिर पठाउनुुपर्ने बिरामी र एम्बुलेन्सलाई पनि अक्सिजन निःशुल्क दिने गरिएको छ । अन्य अस्पतालबाट आएका बिरामी र अक्सिजन सिलिन्डर आवश्यक पर्ने बिरामीलाई पनि अक्सिजन भरेर दिने गरिएको प्राविधिक घिमिरेले बताउनुुभयो । अहिले उत्पादन भइरहेको अक्सिजनले नै पर्याप्त भइरहेको र आवश्यक परे त्योभन्दा बढी पनि उत्पादन गर्न सकिने घिमिरेको भनाइ छ ।

अक्सिजन प्लान्ट जडान भएपछि अस्पतालको आकस्मिक कक्षमा धेरै सहज भइरहेको अस्पतालका इमर्जेन्सी इन्चार्ज टीका लुुइटेलले बताउनुुभयो । अस्पतालको इमर्जेन्सी कक्षमा उपचारका लागि दैनिक ६०–७० को हाराहारीमा बिरामी आउने गरेका छन् । तीमध्ये अक्सिजन आवश्यक पर्ने बिरामी पनि आठरदस जना हुने गरेको अस्पतालले जनाएको छ ।