इटहरी । मोरङको सुन्दरहरैचाबाट राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुकोको बिदाई गरिएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल तथा खेलकुद परिषदको सहयोगमा सहिद स्मृति स्पोर्ट एकेडमीको आयोजनामा काठमाण्डौ गोकर्णेश्वरको स्पोर्ट सिटी हलमा हुन् गइरहेको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुको बिदाई गरिएको राष्ट्रिय तेक्वान्दो संघ नेपाल नगर कार्य समिमितका अध्यक्ष अर्जुन भुजेलले जानकारी दिनुभएको छ । अध्यक्ष भुजेलका अनुसार नगरपालिकाबाट २२–५८ ओभर सम्मका खेलाडीले सहभागि जनाउने छन् । खेलाडीहरुलाई अध्यक्ष भुजेल,नगर प्रमुख केदारप्रसाद गुरागाई, युवा ब्यबसायी तथा सामाजिक अभियन्ता नेत्र प्रसाद चौलागाई,हिमालय इङ्लिस स्कुलका प्रिन्सिपल कमल खनाल लगायतले बिदाई गर्नुभएको छ । खेलाडीहरुलाई जीतको शुभकामना दिंदै नगरप्रमुख गुरागाईले नगरको नाम उच्च बनाउने विश्वास व्यक्त गर्नुभयो । शहिद स्मृति स्पोर्टस एकेडेमीको आयोजनामा शहीद स्मृति खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शनिबार र आइतबार हुनेछ । गोकर्णेश्वर नगरपालिकाको रिती कभर्ड हलमा हुने प्रतियोगिता अयोजनाका लागि राष्ट्रिय तेक्वान्दो संघ नेपाल र गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिले सहकार्य गरेका छन् । प्रतियोगितामा क्योरुगी र पुम्से विधा समावेश प्रतियोगितामा सय भन्दाबढी खेलाडीको सहभागिता रहने अनुमान आयोजकको छ । प्रतियोगिताका शीर्ष तीन टोलीले क्रमशः ५०, ३० र २० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडी (बेस्ट फाइटर) लाई ५ हजार रुपैयाँसहित, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।