सुन्दरहरैचा / सुन्दर सामुदायिक वन उपभोक्ता समूहले स्थानीय सरकारी विद्यालय श्री गछिया आधारभूत विद्यालयमा अध्ययनरत नर्सरी र कक्षा १ का विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गरेको छ।

यसै शैक्षिक सत्रदेखि विद्यालयमा नर्सरी र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट निःशुल्क कक्षा सञ्चालन सुरु गरिएको हो। विद्यालयले सरकारी पाठ्यक्रमलाई ध्यानमा राखी अङ्ग्रेजी माध्यममा अध्यापन आरम्भ गरेको जनाएको छ।

1749738058356

विद्यालयमा अङ्ग्रेजी माध्यमबाट अध्ययनको सुरुवात हुनु उत्साहजनक भएको बताउँदै प्राध्यापक धर्मेन्द्र सापकोटाले यस्तो पहलले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाको पहुँचमा ल्याउने विश्वास व्यक्त गरे।

समुदायस्तरबाट भएको सहयोगले विद्यालयमा अध्ययनरत बालबालिकामा थप प्रेरणा जागृत गराउने विद्यालय प्रशासनको भनाइ छ।

1749738070389