इटहरी | नेपाल तरूण दल कुम्मायक गाउँपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा भिम प्रसाद लावति निर्वाचित भएका छन् ।

नेपाल तरुण दल पाँचथर जिल्ला अध्यक्ष सुमन लामाको अध्यक्षता र नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री विष्मराज आङ्देम्बेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। 

अधिवेशनबाट अध्यक्षमा भिम प्रसाद लावती , उपाध्यक्ष लखन धमला र एलिसा सम्बाम्फे ,सचिव नईन्द्र पोखरेल र नरेन्द्र सम्बाम्फे,सहसचिव बम चेम्जोङ्ग र मनोज शेर्मा ,कोषाध्यक्ष दिवश लावती सर्वसम्मतिले निर्वाचित भएका हुन् ।

त्यसैगरी, कार्यसमिति सदस्यहरूमा किरण त्रिखत्री, वीर बहादुर शेर्मा , टेकेन्द्र चेम्जोङ्ग , रेनुका कार्की , कुमार लावति, रमेश शेर्मा, निर्मला लावति , सपना लावति लगायत १७ जनाको समिति गठन गरिएको हो । 

प्रमुख अतिथि भिष्मराज आङ्देम्बेले आफ्नो मन्तव्यमा युवाहरूलाई संगठनभित्रको विकृति र विसंगतिका विरुद्ध सशक्त रूपमा उभिन आग्रह गर्दै, पार्टीलाई सुधार र निर्माणको बाटोमा लैजान नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।

जिल्ला अध्यक्ष सुमन लामाले युवाहरूले सामाजिक सञ्जालमा हुने नकारात्मक टिप्पणी, चरित्र हत्या र भ्रमपूर्ण सूचनाको अन्त्य गर्दै सकारात्मक सोच, समावेशी सहभागिता र निष्ठाको आधारमा पार्टीलाई सशक्त बनाउनु पर्नेमा जोड दिनुभयो। 

नवनिर्वाचित अध्यक्ष भिम प्रसाद लावतीले अधिवेशनपश्चात् मन्तव्य दिँदै सबै सदस्यहरूको विश्वासलाई सम्मान गर्दै पारदर्शिता, जवाफदेहिता र क्रियाशीलताका साथ कार्यसमितिलाई अगाडि बढाउने बताउनुभयो। 1749742478464

सोही कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरका १२ जनाले पार्टी प्रवेश गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति रूपनारायण जबेगु, नेपाली कांग्रेस निवर्तमान सभापति नरेन्द्र कुमार केरुङ, उपसभापति डिकेन्द्र चेम्जोङ लगाएत नेपाल तरुण दल मिक्लाजुङका पदाधिकारीहरू,क्षेत्रीय तथा स्थानीय नेताहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।