इटहरी | नेपाल तामाङ संघ कोशी प्रदेश अधिवेशनबाट अध्यक्षमा सुबास मोक्तान सहित निर्वाचित २८ जनाको नयाँ कार्यसमिति  सर्वसम्मतिले चयन भएको छ ।

नेपाल तामाङ संघ कोशी प्रदेश संयोजक सुबास तामाङ मोक्तानको अध्यक्षता तथा नेपाली काङ्ग्रेसका  महामन्त्री गगन थापाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियोे । स्वागत मन्तव्य नेपाल तामाङ संघ सुनसरी जिल्ला सभापति मनोज तामाङले राख्नु भएको थियोे ।

अधिवेशन विविध सांस्कृतिक कार्यक्रम, परम्परागत नृत्य तथा सामुदायिक एकताको सन्देशका साथ सम्पन्न भयो।

सांस्कृतिक कार्यक्रम अन्तर्गत तामाङ सेलो, ढोले नाच, र परम्परागत पहिरनको प्रदर्शनीले कार्यक्रममा विशेष आकर्षण थपेको थियो। 

अधिवेशनबाट अध्यक्षमा सुबास तामाङ मोक्तान  ,उपाध्यक्षहरू रोहित तामाङ र पदम तामाङ , महिला उपाध्यक्ष कोपिला तामाङ , सचिव देबेन्द्र तामाङ , सहसचिवहरू पासाङ तामाङ र प्रिति तामाङ  सर्वसम्मतिले निर्वाचित भएका हुन् ।

सदस्यहरू यज्ञ प्रसाद बल, अपिल लामा,मनिराज तामाङ, युवराज तामाङ, किशोर तामाङ,कुमार तामाङ , मदन स्याङ्बो , बहादुर तामाङ, कृष्ण बहादुर तामाङ  लगाएत २१ जना सदस्यहरू सर्वसम्मतिले निर्वाचित भएका हुन् ।

नेपाल तामाङ संघ, कोशी प्रदेशको संगठनात्मक सुदृढीकरणका साथै तामाङ समुदायको अधिकार र पहिचानका लागि अझ सक्रिय भूमिका निर्वाह गरिने र संघमा इमानदार र मेहनती कार्यकर्तालाई नेतृत्वमा ल्याउने हाम्रो प्रतिबद्धता रहेको नव-निर्वाचित अध्यक्ष सुबास तामाङ मोक्तानले बताउनुभयो ।1749880580395

तामाङ समुदायको सांस्कृतिक सम्पदा, भाषा र पहिचान संरक्षणमा राज्य र समुदायबीच सहकार्य हुनुपर्ने कुरामा जोड नेपाली काङ्ग्रेसका  महामन्त्री गगन थापाले बताउनुभयो । उहाँले तामाङ समुदायको योगदानप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा अझ नजिकबाट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो

यस ऐतिहासिक भेलाले संघको नेतृत्वलाई संस्थागत रूप दिनुका साथै राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा तामाङ समुदायको प्रतिनिधित्व अझ सशक्त बनाउने अपेक्षा गरिएको छ । 1749880629500

अधिवेशनमा नेपाल तामाङ संघका केन्द्रीय अध्यक्ष रामकृष्ण लामा तामाङ , नेपाल लोकतान्त्रवादी आदिवासी जनजाति महासंघ नेपाल केन्द्रीय अध्यक्ष ओम घर्ती ,नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री विष्मराज आङ्देम्बे,  नेपाल तरुण दल सुनसरीका सभापति तथा नेपाली कांग्रेस प्रदेश नं. १ का सदस्य सिजन गुरुङ,नेपाली काङ्ग्रेसका पदाधिकारीहरू ,विभिन्न संघका पदाधिकारीहरू,प्रदेशभरिबाट प्रतिनिधिहरू,लगाएतको उल्लेखनीय सहभागिता थियो।