इटहरी | सौन्दर्य व्यवसायमा नवीनता, दक्षता र व्यावसायिक क्षमताको विकासलाई लक्ष्य बनाई अल अरोमाले इटहरीस्थित त्रियुगा होटलमा एक भव्य प्रोफेशनल ब्यूटी एण्ड हेयर मास्टर क्लास आयोजना गरेको छ। कार्यक्रमको उद्घाटन अल अरोमा नेपालका नेशनल सेल्स म्यानेजर श्री जगन्नाथ चिमरियाको अध्यक्षतामा सम्पन्न भएको थियो।

उक्त कार्यक्रम कोशी प्रदेशभरिका विभिन्न क्षेत्रबाट सहभागी भएका ३०० भन्दा बढी ब्युटिसियन महिलाहरूको उपस्थितिमा अत्यन्तै उत्साहजनक वातावरणमा सम्पन्न भयो। मास्टर क्लासको मुख्य आकर्षण रहिन् — भारत, कोलकाताबाट आउनुभएकी अनुभवी हेयर टेक्निसियन मोनालिसा रोय बेनर्जी, जसले सहभागीहरूलाई हेयर केयर, स्टाइलिङ र आधुनिक सौन्दर्य प्रविधिबारे व्यावसायिक तालिम प्रदान गर्नुभयो।

यस अवसरमा, अल अरोमाले तीन नयाँ उत्पादनहरू सार्वजनिक गरेको छ, जसमा Korean Glass Facial Kit, AHA Fruit Facial Kit ,Niacinamide and Papaya Facial Kit विशेष आकर्षणका रूपमा प्रस्तुत गरिए। यी सबै फेशियल किटहरू प्राकृतिक तत्व र वैज्ञानिक संयोजनमा आधारित, छालाको सुधार, चमक, र सन्तुलित देखावटका लागि अत्यन्त प्रभावकारी छन्।

कार्यक्रममा बोल्दै नेशनल सेल्स म्यानेजर  चिमरियाले भन्नुभयो:"अल अरोमा केवल एक ब्रान्ड होइन, यो प्राकृतिक सौन्दर्य र विज्ञानको सन्तुलनमा आधारित दृष्टिकोण हो। हामी विश्वस्तरीय अनुसन्धानमार्फत तयार पारिएका, सुरक्षित र प्रभावकारी हर्बल उत्पादनमार्फत उपभोक्ताको सौन्दर्यप्रतिको अपेक्षालाई सम्बोधन गर्दै आएका छौं।"

 अल अरोमा ले सौन्दर्य क्षेत्रमा प्रीमियम हर्बल तथा पर्सनल केयर उत्पादनहरूको विकास गर्दै आएको छ। कम्पनीले आफ्ना उत्पादन प्रयोग गर्ने ब्युटिसियनहरूलाई प्राविधिक दक्षता प्रदान गर्दै, उनीहरूको व्यवसायिक उन्नतिमा सक्रिय सहयोग गर्दै आइरहेको छ।

कार्यक्रममा सहभागी ब्युटिसियनहरूले यस्तो तालिममूलक कार्यक्रम अत्यन्तै उपयोगी भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले भने,"यस्तो प्रभावकारी मास्टर क्लासले हाम्रो व्यावसायिक जीवनमा उल्लेखनीय परिवर्तन ल्याउनेछ। यसले ज्ञान, आत्मविश्वास र ग्राहक सन्तुष्टि बढाउन ठूलो सहयोग पुर्‍याउँछ।"

मास्टर क्लासमा छालाको हेरचाह, आधुनिक फेशियल प्रविधि, हेयर ट्रीटमेन्ट, र सौन्दर्य उत्पादनको सही प्रयोगबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।IMG-20250614-WA0037

कार्यक्रमको समापनमा संस्थाका प्रतिनिधिहरूले यस्ता कार्यक्रमहरू नेपाली सौन्दर्य व्यवसायमा गुणस्तरीय सुधार र नवीनता ल्याउने एउटा मजबूत माध्यम भएको विश्वास व्यक्त गरे।