इटहरी | इटहरी उपमहानगरपालिका वडा नं. १७ को कार्यालयको आयोजनामा तथा प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि, सुन्दरहरैंचा मोरङको सहकार्यमा उद्घोषण तथा नेतृत्व विकास तालिम समापन भएको छ । तालिम ६ दिन सम्म वडा नं. १७ को कार्यालयको भवनमा भएको थियोे ।

प्रेस नेटवर्क मेनेजमेन्ट प्रा.लि का अध्यक्ष तथा विराट टेलिभिजनका प्रबन्धक निर्देशक बिकल पौडेलको अध्यक्षता इटहरी वडा नम्बर १७ का वडा  अध्यक्ष प्रभात कुमार आचार्यको प्रमुख अतिथिमा कार्यक्रम गरिएको थियो  । तालिमको प्रमुख प्रशिक्षण  सिमा बस्नेतले गर्नुभएको थियोे भने प्रशिक्षक सन्तोष धमलाले गर्नु भएको थियोे । तालिममा २८  जना बढी सहभागीहरूको सक्रिय उपस्थिति रहेको थिए । तालिमको उद्देश्य युवाहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै उद्घोषण तथा प्रभावकारी सञ्चार सीप विकास गर्नु रहेको छ । महिलाहरु धेरै जसो गृहेणीका रुपमा काम गरेर बाहिर गएर स्टेजमा बोल्न नसकेको अवस्थालाई मध्यनजर गरेर तालिम आयोजना गरेको वडा अध्यक्ष प्रभात कुमार आचार्यले बताउनु भयो । 

कार्यक्रमको सञ्चालन सहभागीले गरेका थिए । तालिमले समुदाय मैत्री नेतृत्व विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि, सुन्दरहरैंचा मोरङले विभिन्न ठाँउमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै उद्घोषण तथा प्रभावकारी सञ्चार सीप विकासमा तालिम सञ्चालन गर्दै आएको छ । IMG-20250614-WA0089

कार्यक्रममा वडा सदस्य श्याम कुमार चौधरी ,लगाएत विभिन्न संघ संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।