इटहरी | इटहरी उपमहानगरपालिका वडा नं. ७ को कार्यालयको आयोजनामा तथा प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि, सुन्दरहरैंचा मोरङको सहकार्यमा उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ । तालिम जेष्ठ २९ गतेदेखि सुरू भई असार १ गते सम्म वडा नं.७ को एस. ओ. एस वालग्राम सभाहलमा समापन हुने छ।
प्रेस नेटवर्क मेनेजमेन्ट प्रा.लि का अध्यक्ष तथा विराट टेलिभिजनका प्रबन्धक निर्देशक बिकल पौडेलको अध्यक्षता इटहरी वडा नम्बर ७ का अध्यक्ष देव नारायण चौधरीको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको थियोे । तालिमको प्रशिक्षण सन्तोष धमलाले गर्नु भइरहेको छ । तालिममा ३० जना बढी सहभागीहरूको सक्रिय छ । तालिमको उद्देश्य युवाहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै उद्घोषण तथा प्रभावकारी सञ्चार सीप विकास गर्नु रहेको वडा अध्यक्ष देव नारायण चौधरीले बताउनुभयो । आगामी वर्षमा समेत उद्घोषण गर्दै जान उहाँको भनाइ छ ।
तालिमले समुदाय मैत्री नेतृत्व विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि, सुन्दरहरैंचा मोरङले विभिन्न ठाँउमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै उद्घोषण तथा प्रभावकारी सञ्चार सीप विकासमा तालिम सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा वडा नम्बर ७ का वडा सदस्यहरू दिपक घिमिरे ,राधा आचार्य ,नेत्र प्रसाद प्रसाद गुरागाई, परिवर्तन एक अभियानका अध्यक्ष तेज प्रसाद घिमिरे (निश्चल) लगाएत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियोे ।


