इटहरी | इटहरी उपमहानगरपालिका वडा नं. १७ को कार्यालयको आयोजनामा तथा प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि, सुन्दरहरैंचा मोरङको सहकार्यमा उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ । तालिम ६ दिन सम्म वडा नं. १७ को कार्यालयको भवनमा हुदै छ।
तालिमको उद्घाटन वडा अध्यक्ष प्रभात कुमार आचार्यले गर्नुभएको थियो । तालिमको सहजीकरण सिमा बस्नेतले गर्नुभएको हो । तालिममा २८ जना सहभागीहरूको सक्रिय उपस्थिति रहेको छ । तालिमको उद्देश्य युवाहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै उद्घोषण तथा प्रभावकारी सञ्चार सीप विकास गर्नु रहेको छ । भने, महिलाहरु धेरै जसो गृहेणीका रुपमा काम गरेर बाहिर गएर स्टेजमा बोल्न नसकेको अवस्थालाई मध्यनजर गरेर तालिम आयोजना गरेको वडा अध्यक्ष प्रभात कुमार आचार्यले बताउनु भयो ।
तालिमले समुदाय मैत्री नेतृत्व विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि, सुन्दरहरैंचा मोरङले विभिन्न ठाँउमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै उद्घोषण तथा प्रभावकारी सञ्चार सीप विकासमा तालिम सञ्चालन गर्दै आएको छ ।


