इटहरी । मोरङको पथरी शनिश्चरे वडा नं ७ को सहयोग तथा एभरेष्ट आर्ट फ्युजन पथरी शनिश्चरे –१ को आयोजनामा  खुल्ला नगर स्तरीय लोक नृत्य प्रतियोगिता २०८२ सम्पन्न भएको छ । शनिबार दुर्गा माध्यमिक विद्यालयको प्राङ्गणमा कला सांस्कृतिक प्रवद्र्धन तथा संरक्षण कार्यक्रमका लागि एक दिवसीय प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा चिनारी अंग्रेजी बोर्डिङ स्कुल , रेडस्टार अंग्रेजी माध्यमिक विद्यालय र सुजना डान्स सेन्टरले क्रमशः पहिलो , दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए ।  प्रतियोगिताका विजेतालाई क्रमशः १० हजार ८ हजार  र ६ हजार रूपैयाँ नगद सहित ट्रफी,कप र प्रमाणपत्र प्रदान गरिएको थियो । पथरी शनिश्चरे वडा नं ०७ का वडा अध्यक्ष उद्ववराज बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त प्रतियोगितामा एभरेष्ट आर्ट फ्युजन पथरी शनिश्चरे –०१ की अध्यक्ष प्रेमकला घिमिरेको अध्यक्षता रहेको थियो । प्रतियोगितामा पथरी शनिश्चरे वडा नं ४ का वडाध्यक्ष लोक किरण न्यौपाने, पथरी शनिश्चरे वडा नं ०७ का वडा सदस्यहरू क्रमशः सपना राई , मणी कुमार लिम्बु, नरेश बहादुर राई, एषा लम्जेल,  शैक्षिक अभियान्ता काशीहाङ राई,  सामाजिक व्यक्तित्व विरोज मगर , दुर्गा माविका  प्रधानाध्यापक निलम बस्नेत  लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । कला साहित्य प्रवद्र्धन समितिकी सचिव लक्ष्मीप्रसाद फुयाल र दिपक दियालोले सञ्चालन गरेको उक्त प्रतियोगितामा ९ टिम सहभागी थिए ।