सुनसरी | रामधुनी नगरपालिका उपप्रमुख तारा थापाले खेलाडी तथा खेलकर्मीहरूसँग अन्तरक्रिया गर्नुभएकोे छ ।
कार्यक्रम विराट टेलिभिजनर रामधुनी नगरपालिकाको सहकार्यमा भएको अन्तरक्रिया कार्यक्रममा रामधुनी क्षेत्रमा बस्ने खेल प्रशिक्षक, खेलाडी तथा खेलकर्मीहरूसँग अन्तरक्रिया गरिएको हो । कार्यक्रमको सञ्चालन विराट टेलिभिजनका प्रबन्धक निर्देशक विकल पौडेलले गर्नुभएको थियो। नेपाल कराते महासंघका अध्यक्ष भिखन धामीले नगरपालिकाले खेलकुद क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्दै जाने विश्वास व्यक्त गर्नुभयो।
अन्तरक्रिया कार्यक्रममा उपप्रमुख तथा नगरपालिका खेल संयोजक तारा थापाले नगरपालिकाले खेलकुद क्षेत्रको विकासमा प्रतिबद्धता जनाउँदै खेलाडीहरूको समस्या, सुझाव र सम्भावनाबारे जानकारी लिएको बताउनुभयो। उहाँले खेलकुदलाई युवाहरूको सशक्तिकरणको माध्यमका रूपमा अघि बढाउने र आगामी दिनमा समेत खेलकुदका कार्यक्रम गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा , झुम्का उद्योग वाणिज्य संघका सदस्य तथा खेलकुद प्रशिक्षक लेखनाथ खतिवडा, ब्याडमिन्टन खेलाडी पुष्प कार्की , कराते, तेक्वान्दो, भलिबल, फुटबल, क्रिकेटका खेलाडीहरू सहित विविध खेल क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममार्फत खेलकर्मीहरूले आफ्ना अनुभव, चुनौती र नगरपालिकासँगको अपेक्षाहरू राखेका थिए। आयोजकले यस्ता प्रकारका कार्यक्रम निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएका छ ।


